×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठूलो परिमाणको नक्कली नेरू र भारू नोट बरामद, तीन जना पक्राउ

LAXMI SUNRISE BANK

ठूलो परिमाणको नक्कली नेरू र भारू नोट बरामद, तीन जना पक्राउ

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रहरीले १५ लाख ४४ हजार चार सय बराबरको नक्कली नेपाली नोट र पाँच सय र पचास दरको १ लाख ८३ हजार ६ सय ५० बराबरको भारतीय नोट बरामद गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरोले चलाएको अपरेशनमा बाराको महागढीमाई नगरपालिका–२, बरियापुरबाट पक्राउ परेका तीन लागूऔषध कारोबारीकाे साथमा नक्कली नोट बरामद भएकाे हाे ।
पक्राउ पर्नेमा भारतको मोतिहारीका सुधिरकुमार कुशहवा, बाराका मनोज शाह तेली र नरेन्द्रप्रसाद कुशहवा छन् । उनीहरुलाई ना ५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो ।
विशेष सूचनाका आधारमा उनीहरुको शरीर तथा मोटरसाइकलमा रहेको प्लाष्टिकका बोराहरु खानतलासी गर्दा नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएकाे छ । उनीहरुलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी