- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । प्रहरीले कञ्चनपुरका एक जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरीले भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथलाई पक्राउ गरेको हो ।
वडाध्यक्ष राम नाथले मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात गरेको अभियोगमा पक्राउ परेको छ । महिलामाथि वडाध्यक्षले दुर्व्यवहारको गरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय, ब्रह्मदेव घेराउ गर्दै नाराबाजी गरेका गरेका थिए ।