Skip to content
LAXMI SUNRISE BANK

दुई लाख बढी नगदसहित २३ जुवाडे प्रहरीको फन्दामा, थप अनुसन्धानको तयारी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
फिदिम : पाँचथर सदरमुकाम फिदिम बजारको एक घरमा जुवा खेलिरहेका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरी टोलिले आइतबार राती उनीहरुलाई पक्राउ गरेको हो । 
जुवाको खालबाट दुई लाख ४७ हजार ९ सय रुपैयाँ समेत बरामत गरिएको प्रहरी निरीक्षक रोहनराज अर्यालले जानकारी दिए । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गर्ने तयारी भइरहेको छ । 
पक्राउ पर्नेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । अनुसन्धान भइरहेकाले नाम सार्वजनिक नगरिएको अर्यालको भनाइ छ । फिदिममा सञ्चालित समर्पित अस्पतालका सञ्चालक, फिदिम नगरपालिकाका एक कर्मचारी, राजनीतिक दलका नेता, फिदिम माविका एक शिक्षक, निर्माण व्यवसायी, सवारी चालक लगायतलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK