
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । जग्गामा कुरा नमिलेपछि धनगढीमा सडक विस्ताको काम रोकिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ सि गाउँमा जग्गामा विवाद आएपछि सडक निर्माणको काम अस्तव्यस्त बनेको छ ।
बर्खायाममा सडक निर्माणको काम अघि बढेपछि समयमै नबन्दा सास्ति भोग्नुपरेको स्थानिय उमेश चौधरीले भने । चौधरीका अनुसार हुँदै गरेको सडक विस्तारको काममा जग्गाको विषयमा कुरा नमिलेपछि निर्माणकार्य अगाडी बढ्न सकेको छैन । “आवतजावतको मुख्य सडकको अवस्था नै यस्तो हुँदा हिँडडुल गर्न पनि समस्या भएको छ”, चौधरीले भने ।
यता वडा अध्यक्ष रामबजारी थारुले भने सडक निर्माणको क्रममा स्थानिय नेत्र प्रसाद तिवारीले विरोध गरेपछि काम रोकिएको बताए । उनले भने, “स्थानिय तिवारीको नक्सामा २१३ मिटर देखाएको छ तर फिल्डमा भने उक्त जग्गा देखिदैन, सडकको चौडाई १४ मिटरको बनाउनुपर्ने हो । मापदण्ड अनुसार सडक विस्तार गर्दा उनको घर भत्काउनुपर्छ र उनले त्यो कुरामा विरोध गरेपछि निर्माण कार्य रोकिएको हो ।”




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्