
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल जस्तो कम आय भएको देशलाई भौतिक पूर्वाधार निर्माणका निम्ति एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लचिलो हुनुपर्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा उद्घाटित बैंक सञ्चालक समूहको पाँचौ बैठकलाई मंगलबार अप्रत्यक्षरुपमा सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
उनले एआइआइबीले अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँग साझेदारी गरी भौतिक पूर्वाधारमा दिगो लगानी गर्न तथा दिगो विकासका लक्ष्य हासिल गर्न सघाउनुपर्ने बताए । अतिकम कार्बन उत्सर्जन गर्ने नेपाललाई कोरोनाले आर्थिक क्षेत्रमा प्रभाव पारेकाले अर्थतन्त्रको पुनरुत्थान तथा स्वास्थ्य पूर्वाधारका लागि लगानी बढाउन अपरिहार्य भएको मन्त्री खतिवडाले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्