×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने !

LAXMI SUNRISE BANK

आजदेखि अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने !

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आजदेखि अन्य बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ । साउन १ गतेदेखि बैंकहरुले अन्तर बैंक कारोबार गर्दा शुल्क लिन सक्ने गरी निर्णय भएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको हो । 
कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटिममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए । तर, लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले बिहीबारदेखि बैंकले नै निर्णय गर्न सक्ने तीन वटै संस्थाले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
यस्तै इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ । ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा लिँदा शुल्क नलाग्ने व्यवस्था गरेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी