×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संक्रमित चिकित्सकको सम्पर्कमा आएका चारजनामा कोरोना संक्रमण पुष्टी, विराटनगर अस्पताल ‘सिल’ !

PRIME CA
GLOBAL IME BANK

संक्रमित चिकित्सकको सम्पर्कमा आएका चारजनामा कोरोना संक्रमण पुष्टी, विराटनगर अस्पताल ‘सिल’ !

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

विराटनगर

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ – विराटनगर अस्पतालमा थप चारजनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना भाइरसबाट संक्रमित भएका विराटनगर अस्पतालका डाक्टरको सम्पर्कमा आएका थप चारजनामा संक्रमण पुष्टि भएको हो । गएको मंगलबार संक्रमण पुष्टि भएका ६५ वर्षीय डाक्टरको सम्पर्कमा आएका चारजनाको रिपोर्ट पनि पोजेटिभ आएको हो ।
संक्रमित डाक्टरको सम्पर्कमा आएका ५८ जनाको स्वाब शुक्रबार संकलन गरिएको थियो । ती मध्ये २१, ३०, ३१ र ५६ वर्षका चारजनामा संक्रमण पुष्टि भएको हो । उनीहरु चारैजना अस्पतालमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । अरु ५४ जनाको पीसीआर रिर्पोट भने नेगेटिभ आएको छ ।
संक्रमित डाक्टरसहित अस्पतालमा कार्यरत थप ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि महानगरले विराटनगर अस्पतालमा आवतजावत रोक्ने गरि सीलबन्दी गरेको छ ।
अस्पताल सिल भएसंगै अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: