×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाग्लुङमा एकैसाथ थप ५२ जनाले जिते कोरोना, कति पुग्यो निको हुनेको संख्या ?

PRIME CA

बाग्लुङमा एकैसाथ थप ५२ जनाले जिते कोरोना, कति पुग्यो निको हुनेको संख्या ?

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

शुक्रबार सुदूरपश्‍चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ? (विवरणसहित)
  • अर्थ सरोकार सम्बाददाता 
बाग्लुङ । बाग्लुङमा थप ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरुको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि बुधबार घर फर्किएका हुन् । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन र निसीभुजी जनता क्याम्पसको प्रिआइसोलसनमा बसेका ३१ जना घर फर्किएका हुन् ।
यस्तै बाग्लुङको धौलागिरि बहुमुखी क्याम्पसको आइसोलेसनमा बसेका काठेखोला गाउँपालिकाका सात, धौलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका बाग्लुङ नगरपालिकाका १२ र बरेङ गाउँपालिकाका दुईजना गरी जम्मा ५२ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् । योसँगै बाग्लुङमा निको हुनेको संख्या  एक सय ६७ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: