×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागलुङमा क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टी, मृत्यु हुनेको संख्या ३५ पुग्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बागलुङमा क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टी, मृत्यु हुनेको संख्या ३५ पुग्यो !

Artha Sarokar

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बागलुङ । बागलुङमा क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टी भएको छ । उनको जिल्लाको ढोरपाटन नगरपालिकास्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएको थियो  । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला–२ का २९ वर्षीय युवकमा कोरोना देखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए । 
मृतक भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका थिए ।मिर्गौला, फोक्सोलगायतमा समस्या देखिएपछि भारतमा उपचार गराउन गएका उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि फर्किएको बुझिएको डा. मल्लले बताए । मृतक युवकको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी