कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट गरिएको छ । नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो ।
वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ । आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ । महराले वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०/१२ जनाको समुहले एकाएक आक्रमण गरेको बताउनुभयो ।
शनिवार राती सुरज चौधरी लगायतलाई ठगुन्ना लगायतका समुहले मदिरा सेवन गरी कुटपिट गर्न थालेपछि वडा अध्यक्षले सम्झार पठाउनुभएको थियो चौधरीले भन्नुभयो, “सो समुहले राती गाँउमा हो हल्ला गर्ने र गाँउलेलाई आतंकित पार्ने कार्य ग िरहेकाले उनीहरुलाई सम्झाउनका लागि वडाध्यक्षलाई डाँकेका थियौँ, तत्काल वडा अध्यक्षले सम्झाएपछि त्यहाँबाट गए पनि राती वडाध्यक्षलाई ठिक पार्नुपर्छ भनेर हिँडका थिए ।”
मदिरा पिएर होहल्ला गर्ने समुहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई त्यसबारे खबर गरे पनि प्रहरी नआएको स्थानिय बासिन्दाले बताएका छन् । वडाध्यक्षमाथि वडा कार्यालयमै आक्रमण भएपछि मात्रै प्रहरी पुगेको स्थानिय बासिन्दाको भनाइ छ ।
यसैबीच नगर कार्यपालिकाले प्रेस विज्ञप्ती जारी गरी वडा कार्यालयमा केही उछृङखल व्यक्तिले अनाधिकृत रुपमा प्रवेश गरी वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाध्यक्ष माथि कुटपिट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्