
- अर्थ सरोकार सम्बाददाता
बैतडी। बैतडीमा सुत्केरी महिला र थुनुवासहित थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६ जना र पुर्चौंडी नगरपालिकाका एक जनामा सोमबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनी अहिले बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन्। यस्तै पाटन नगरपालिकाका ६ जनामध्ये एक जना सुत्केरी महिला र अन्य ५ जना पुरुषमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। सुत्केरी महिलाले आइतबार मात्रै बच्चा जन्माएकी थिइन्।
पाटन नगरपालिका वडा नं १० का ३ जना र पाटन नगरपालिका वडा नं ६ का ३ जना गरी ६ जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएका सबैको स्वास्थ्य अवस्था भने समान्य रहेको छ। पाटन नगरपालिकाका संक्रमित ६ जना सबै भारतबाट फर्केका र क्वारेन्टाइनमा बसिरहेका छन्।
पुर्चौंडी नगरपालिकाका संक्रमित अहिले प्रहरीको हिरासतमा भए पनि उनी गएको मंसिरमा भारतबाट फर्केका बताइएको छ। कोरोना संक्रमित थुनुवा र सुत्केरी महिलाको कन्ट्रयाक्ट ट्रेसिङ गरिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए।
योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या ३ सय ७ पुगेको छ। संक्रमित ३ सय ७ जना मध्ये २९७ जना घर फर्किसकेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्