×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडी पनि कोरोनामुक्त, सबै संक्रमित डिस्चार्ज !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैतडी पनि कोरोनामुक्त, सबै संक्रमित डिस्चार्ज !

Artha Sarokar

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी
  • अर्थ सरोकार सम्बाददाता 
बैतडी । बैतडीका सबै कोरोना संक्रमित निको भए घर फर्किएका छन् । जिल्लामा कुल २ सय ९७ संक्रमित डिस्चार्ज भएर घर फर्किएका हुन् । बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले १४ दिनमा पनि कुनै लक्षण नदेखिएपछि उनीहरु सबैलाई घर पठाइएको बताए । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार उनीहरुलाई घर पठाइएको र ७ दिन होम क्वारेन्टाइनमा बस्न भनिएको जोशीले बताए। 
बैतडीमा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित थिए । यस्तै शिवनाथ गाउँपालिकामा ५०, दोगडाकेदार गाउँपालिकामा ४३, सिगास गाउँपालिकामा ४०, दशरथचन्द नगरपालिकामा ३४, मेलौली नगरपालिकामा २७, सुर्नया गाउँपालिकामा १४, पाटन नगरपालिकामा १४, पुर्चौंडी नगरपालिकामा ८ र डिलाशैनी गाउँपालिकामा ७ जना संक्रमित थिए ।
जिल्लामा गत जेठ ९ गते पहिलोपटक कोरोना संक्रमण देखिएको थियो। यसैबीच जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनहरुमा अहिले पनि भारतबाट फर्केका ५ सय १० जना बसिरहेका छन्। हाल पनि भारतबाट जिल्लामा मानिसहरु आइरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी