- अर्थ सरोकार सम्बाददाता
बझाङ : बझाङको बुङगल नगरपालिकामा कोरोनाका कारण एक वृद्धको मृत्यु भएको छ । बुङ्गल नगरपालिका वडा नं ३ का ६५ वर्षका एक वृद्धको कोरोनाबाट निधन भएको हो ।
असारको अन्तीम तिर घर फर्केका उनी स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि १४ दिन क्वारेन्टाइन राखेर साउन ६ गते घर पठाईएको थियो । घर फर्केको तिन दिनपछि अकस्मात स्वास्थ्य समस्या आउँदा उनको मृत्यु भएको थियो ।
मृत्यु पछि स्वाव संकलन गरि पिसीआरका लागी पठाईएको थियो । सोमबार आएको पिसीआर रिपोर्टमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।