Skip to content
LAXMI SUNRISE BANK

पनौतीका दुई वडा र बनेपाको एक वडा सिल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ र ९ सिल गरिएको छ । उक्त वडाहरुमा कोरोना संक्रमित व्यक्ति पाइएपछि नगरपालिकाले वडाहरू सिल गरेको जनाएको हो । पाटन अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट वडा नम्बर २ की ४७ वर्षीया महिला र वडा नम्बर ९ का २६ वर्षीय पुरुषमा कोरोना पुष्टीभएको थियो।
नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले उक्त वडाहरूमा ट्रेसिङको काम भइरहेको बताए । यस्तै  बनेपा नगरपालिकाको वडा नम्बर ६ पनि सिल गरिएको छ । पिसिआर परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टी भएपछि नगरपालिकाले उक्त वडा सिल गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK