
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछी राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तान्ने भएको छ । रिभर्स रिपोमार्फत राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तान्न लागेको हो । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।
कोरोना महामारीका कारण अहिले बैंकहरुले कर्जा प्रवाह गर्न नसक्दा लगानीयोग्य रकम बढ्दै गएको छ । जस कारण तरलता सन्तुलन राख्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । यसअघि साउन ८ गते एक साताको लागी जारी गरेको रिपो आज साउन १५ गते परिपक्क भएको छ ।
रिभर्स रिपोका लागि बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दछ । राष्ट्र बैंकले बजारमा तरलता अपुग भएको बेला रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्