×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मौद्रिक नीति व्यवसायीमैत्री आउनुपर्छ, बैंकहरुले ब्याज मिनाहा तथा किस्ताको समय थप गर्नुपर्छ’ : राष्ट्रिय व्यापार संघ

PRIME CA

‘मौद्रिक नीति व्यवसायीमैत्री आउनुपर्छ, बैंकहरुले ब्याज मिनाहा तथा किस्ताको समय थप गर्नुपर्छ’ : राष्ट्रिय व्यापार संघ

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राष्ट्रिय व्यापार संघले मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । संघकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोनाका कारण थला परेको अर्थतन्त्र जोगाउन बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको हो ।  
“मौद्रिक नीति व्यवसायीमैत्री हुनुपर्छ, कोरोनाले थला परेको व्यवसायलाई सम्बोधन गर्ने खालको नीति आउनुपर्छ”, सङ्घका महासचिव वैकुण्ठ दाहालले भने । कोरोनाले थलिएका व्यापारीलाई मौद्रिक नीतिले उठाउने अपेक्षासमेत व्यवसायीले लिएका छन् । संघले बन्दाबन्दीको समयको बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न तथा किस्ताको समय थप गर्नुपर्ने बताएको छ । 
व्यवसायीलाई सरकारले पुर्नकर्जाको व्यवस्था मिलाउनको साथै सरल र बिना झण्झट कर्जाको व्यवस्था गर्न सङ्घले आग्रहसमेत गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: