×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन १ गतेदेखि अन्य बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने

PRIME CA
GLOBAL IME BANK

साउन १ गतेदेखि अन्य बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साउन १ गतेदेखि अन्य बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ । अन्य बैंकको एटीएम बाट पैसा निकाल्दा शुल्क लिने वा नलिने भन्ने निर्णय अव सम्बन्धित बैंकले नै गर्न पाउने भएका छन् ।
कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटिममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।
तर, लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले बिहीबारदेखि शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीन वटै संस्थाले एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।
ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा लिँदा शुल्क लिएका थिएनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: