×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुन-कुन बैंकमा कोरोना संक्रमित भेटिए ? कुन बैंकमा जान जोखिम छ ? कुनको लापरवाही बढी ? (भिडियो)

  • अर्थ सरोकार टेलिभिजन कार्यक्रम 
यतिबेला पूरै विश्व कोरोनाको त्रासमा छ । कोरोनाकै कारण कतिपय देशमा लाखौँको संख्यामा मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि हजारौंको संख्यामा कोरोना संक्रमित भेटिएका छन् भने कोरोना भाइरसकै कारण केहिको मृत्यु भएकोसमेत पुष्टी भइसकेको छ । सरकारले देशभरका नागरिकहरुलाई सचेत बन्न आग्रह गरेको छ । लामो समयपछि खुकुलो भएको लकडाउनमा केहि व्यापारिक प्रतिष्ठानहरु खुलेका त छन्, तर कोरोनाको त्रास भने कायमै छ । गत चैत्र ११ गतेदेखि नेपाल सरकारले लकडाउन आह्वान गरेको भएपनि अत्यावश्यक सेवा भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई भने खुल्न दिइएको थियो । 
तर तिनै बैंक तथा वित्तीय संस्थाहरु यतिसम्म लापरवाही गर्न थालेका छन् कि, बैंक तथा वित्तीय संस्थामा कोरोनाको जोखिम बढ्दै गएको विश्लेषण गरिएको छ । देशभर रहेका बैंक तथा वित्तीय संस्थामा भौतिक दुरीको खिल्ली उडाईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुमा लापरवाही कायमै छ । यस्तो बेलामा कुनै पनि बेला बैंकका कर्मचारी वा बैंकका ग्राहकहरु कोरोनाको सिकार हुने डर बढेको छ । तर बैंक तथा वित्तीय संस्थाका कतिपय कर्मचारीहरुलाई कोरोना संक्रमण भएको पुष्टी हुँदा पनि बैंकहरु अझै चेतेका छैनन् । अझ बैंकसम्म कोरोना संक्रमित भएको पुष्टी हुँदा, बैंकका कर्मचारीका आफन्तमा कोरोना संक्रमण पुष्टी हुँदा वा बैंककै कर्मचारीलाई कोरोना संक्रमण पुष्टी हुँदा पनि बैंकहरु अझै चेतेका छैनन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: