×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गाडी व्यवसायीका पिडा, बैंकले ‘किस्ता तिर्नू’ भनेर दबाब दिन थालेपछि गाडीको चाबी बुझाउन बाध्य भए पोखराका व्यवसायी !

PRIME CA

गाडी व्यवसायीका पिडा, बैंकले ‘किस्ता तिर्नू’ भनेर दबाब दिन थालेपछि गाडीको चाबी बुझाउन बाध्य भए पोखराका व्यवसायी !

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पोखराका व्यवसायीहरुले बैंकबाट ऋण लिँदा धितो राखेको गाडी नै बैंकलाई बुझाउने अभियानमा लागेका छन् । बैंक तथा वित्तीय संस्थाले किस्ता भुक्तानीका लागि ताकेता गर्न थालेपछि व्यवसायीहरुले यस्तो थालेका हुन् । 
पोखरामा प्रधान कार्यालय रही देशभर सार्वजनिक यातायात चलाउँदै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले गत सोमबारबाट चाबी बुझाउन सुरु गरेकामा बुधबार पोखरामा विभिन्न चार बैंकमा थप ६५ गाडीका चाबी बुझाए । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो बनाएपनि सार्वजनिक यातायात बन्द छन् । लामो समयको लकडाउनले बैंकको किस्ता बुझाउन नसक्ने भन्दै गाडीको चाबी नै बैंकमा बुझाउन थलिएको हो ।
मेगा बैंकमा १८, कामनामा १७, सिद्धार्थमा १४ र साङ्ग्रिला बैंकमा १६ गाडीको चाबी बुझाइएको प्रा.लिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । यसअघि ९० गाडीको चाबी बुझाइएको थियो । आफूहरुसँग यसबाहेक अन्य कुनै पनि विकल्प नभएकाले बाध्य भएर ऋण लिँदा राखेको धितो बैंकलाई नै सुम्पनुपरेको गुनासो यातायात व्यवसायीको छ । कतिपय बैंक तथा वित्तीय संस्थाले भने आर्थिक वर्षको अन्तिम असार मसान्तमा संस्थाको हिसाब मिलान गर्न ऋणीलाई ताकेता गर्ने गरेको बताइन्छ । बैंकबाट ताकेता हुन थालेपछि व्यवसायी आन्दोलित भएका हुन् ।
देशभर तीन लाख यात्रुवाहक तथा ६० हजार मालवाहक सवारी साधन अहिले ठप्प हुँदा १२ लाखले प्रत्यक्ष तथा ४० लाख जनाले अप्रत्यक्ष रोजगारीबाट बञ्चित हुनुपरेको भनाइ व्यवसायीको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: