- अर्थ सरोकार सम्बाददाता
बाँके । एकैसाथ १२ जना कर्मचारीमा कोरोना पुष्टी भएपछी बाँकेको आन्तरिक राजस्व कार्यालयलाई आइसोलेसन सेन्टर बनाइएको छ । आन्तरिक राजस्वका अधिकृतहरुसहित सोही स्थानमा बस्ने १२ जनामा कोरोना देखिएपछि कार्यालयलाई आइसोलेसन बनाइएको हो । संक्रमित कर्मचारीहरुलाई सो आइसोलेसनमै राखिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए ।
आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीमध्येमा चार जना बाँके, सुर्खेतका दुई जना, बर्दिया तथा अर्घाखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक/एक जना रहेका छन् । बाँकेमा आइसोलेसनमा रहेका संक्रमितको संख्या ५४ पुगेको छ ।