
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१८ निवासी ४८ वर्षीया सुनिता चित्रकार र काठमाडौँ-१४ निवासी ४९ वर्षीय मनोजलाल सिंह सुवाल पक्राउ परेका हुन् । उनीहरुले बैंक खातामा पैसा नरहेको जानकारी हुँदाहुँदै पनि विभिन्न मितिमा विभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले दुवैलाई बैकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा (५९१) बमोजिम सजाय हुने गरी फैसला भएको थियो ।
उक्त मुद्दामा उच्च अदालत पाटनको २०७६ साल फागुन १८ गतेको फैसलाले चित्रकारलाई तीन दिन कैद र छ लाख पचास हजार रुपैया जरिवाना हुने ठहर भएको थियो भने सुवाललाई २०७६ माघ १४ गते सात दिन कैद र दश लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।
अदालतको फैसलापछि फरार रहेकी चित्रकारलाई गत असार २५ गते लुकिछिपि बसीरहेको अवस्थामा स्वयम्भूबाट पक्राउ गरिएको हो । यस्तै सुवाललाई रविभवनबाट पक्राउ गरीएको थियो । पक्राउपछि दुवै जनालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्