
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंकिङ्ग कसुर सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उच्च अदालत, पाटनद्वारा दोषी ठहर भएका नुवाकोटको साविक थानापति गाविस-९ घर भई ललिपुर जिल्लाको ललितपुर महानगरपालिका-१४ तिखीदेवल बस्ने ४३ वर्षीय पारस लोहोनी रहेका छन् ।
उच्च अदालत, पाटनले २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना सजाय फैसला गरे पनि उनी फरार थिए । उनीविरुद्ध २९ माघ २०७६ मा अदालतले सजाय फैसला सुनाएको थियो । काठमाण्डौंस्थित मातातिर्थ क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा उनलाई सोमबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको व्युरोले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्