Skip to content
LAXMI SUNRISE BANK

बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा जारी, एकैदिन ४६ जनामा संक्रमण पुष्टी !

अर्थ सरोकार

 
  • अर्थ सरोकार सम्बाददाता 
बारा । बाराको देवताल गाउँपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले गाउँपालिकामा एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरेको हो ।
देवताल गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिँदै आएको सम्पूर्ण सेवाहरु आजदेखि अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम देवताल गाउँपालिकाभर निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
उक्त गाउँपालिकामा अत्यावश्यक औषधी, ग्याँस, दूध, तेल बाहेकमा अन्य सम्पूर्ण पसलहरु पूर्ण रूपमा बन्द गर्ने गराउने, अत्यावश्यक कामका बाहेक अन्य कोही पनि नागरिकहरु भेला हुन तथा घर बाहिर निस्कन नहुने, अत्यावश्यक वस्तु बोक्ने सवारीसाधन बाहेकका सबै बन्देज लगाउने निर्णय भएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK