×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बारा र पर्साका थप ९ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

PRIME CA
GLOBAL IME BANK

बारा र पर्साका थप ९ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

बारा पर्सा
  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । बारा र पर्सामा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
मारुती फर्मास्युटिकल्समा दुईजना कर्मचारीमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्टमा रहेका अन्यको पीसीआर परीक्षण गरिएको थियो । यससँगै मारुती फर्मास्युटिकल्समा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
त्यस्तै, आफ्नै खर्चमा पीसीआर जाँच गराएका वीरगञ्ज-२१ लिपनीविर्ता परवानीपुर बस्ने ३५ वर्षीय पुरुष, सखुवाप्रसौनी गाउँपालिका-३ कौवावन कटैया घर भई वीरगञ्ज(१३ राधेमाई टोल बस्दै आएका ३१ वर्षीय पुरुष र बाराको प्रसौनी गाउँपालिका-४ खुटुवाजब्दी घर भएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।उनीहरुलाई नारायाणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालमा उपचार भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: