×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार बढ्यो बजार : १०.१३ अंकले बढेको नेप्से १४४२.६१ विन्दुमा, कारोबार १ अर्व ३२ करोडमाथि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिहिबार बढ्यो बजार : १०.१३ अंकले बढेको नेप्से १४४२.६१ विन्दुमा, कारोबार १ अर्व ३२ करोडमाथि

Artha Sarokar

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १०.१३ अंकले बढेर १४४२.६१ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८७ कम्पनीको ३३ लाख ९२ हजार ९६९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ३२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ११ करोड ३२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको भएको छ ।
यता बिहिबार कारोबारमा विकास बैंक र म्युचुअल फण्ड उपसुचकहरु घटेका छन् भने बाँकी सबै उपसूचक ब बढेका छन् । सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटल्स र मिर्मिरे माइक्रोफाइनान्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै मल्टिपर्पोज फाइनान्स र हिमालयन उर्जा विकासलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी