
- अर्थ सरोकार सम्बाददाता
कैलाली । आइतबार कैलालीमा गरिएको बजार अनुगमनमा एक श्रृंगार पसललाई कारवाही गरिएको छ । जिल्लको घोडाघोडी नगरपालिकामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयले संयुक्त अनुगमन टोलीले सोही ठाउँको एक श्रङगार पसललाई २० हजार जरिवाना गरेको हो ।
आइतबार गरिएको बजार अनुगमनका क्रममा घोडाघोडी नगरपालिका वडा नम्बर १० मा रहेको हिना जनरल स्टोरले म्याद सकिएको सामाग्री बिक्री वितरण गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो पटक भएको हुनाले कारवाही स्वरुप २० हजार रुपैयाँ जरिवाना गरेका छौँ ।’
त्यस्तै आइतबार गरिएको अनुगमनका क्रममा अन्य पसलमा भने अखाद्य बस्तु नभेटिएको पुनले बताउनुभयो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयले आइतबार घोडाघोडी नगरपालिका वडा नम्बर १० का ८ वटा पसल र धनगढीका ५ गरी १३ वटा पसलमा अनुगमन गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्