
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । बैंकिङ कसुर मुद्दामा फरार रहेका भक्तपुर नगरपालिका–५ घर भई हाल सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिभा नायभा श्रेष्ठको जाहेरी रहेको मुद्दामा भक्तपुर जिल्ला अदालतले विसं २०७६ माघ २७ गते पाँच दिन कैद र छ लाख ९६ हजार १०० जरिवाना फैसला गरेकामा फरार रहेका प्रधानाङ्गलाई भक्तपुरको प्रहरी टोलीले सोमबार पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौँ पठाउने आदेश भएपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
यस्तै विश्वराम लवजु चोरी मुद्दामा दोषी ठहर गर्दै जरिवाना फैसला भएका भक्तपुर नगरपालिका–९ कमलविनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई प्रहरीले सोमबार पक्राउ गरी जरिवाना असुल गरेको छ । भक्तपुर जिल्ला अदालतले गत माघ २७ गते रु ११ हजार जरिवाना फैसला गरे पनि फरार रहेका प्याठलाई पक्राउ गरी जरिवाना असुल गरिएको प्रनाउ गिरीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्