Skip to content
LAXMI SUNRISE BANK

ललितपुरमा कार्यरत इन्जिनियरविरुद्ध तीन करोड भ्रष्टाचारको मुद्दा, यस्तो छ आरोप !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आचार्यले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  
सेवा प्रवेश गरेदेखि २०७६ जेठ मसान्तसम्म २ करोड ७ लाख ७९ हजार ९८६ रुपैयाँ आर्जन गरेको देखिएपनि लगानी र खर्च भने ५ करोड २९ लाख ४२ हजार ४६६ रुपैयाँ देखिन आएकोले उनले ३ करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ भ्रष्टाचार गरेको आयोगको आरोप पत्रमा उल्लेख छ । यस्तै अनुसन्धानको क्रममा इन्जिनियर अर्यालले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा लगानी गर्नुका साथै स्रोत नखुलेको रकमहरु समेत अस्वभाविक मात्रामा बैङ्किङ कारोबार तथा विभिन्न बैंकमा रकम जम्मा गरी सेयर लगानी गरेको देखिन आएको पनि आयोगको आरोप पत्रमा उल्लेख छ ।
स्रोत नखुलेको सम्पत्ति इन्जिनियर अर्यालले श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकोले उनको श्रीमतीलाईसमेत प्रतिवादी कायम गरी आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK