×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोटेकोशी जलविद्युत् आयोजना निर्माण कार्यमा चिनियाँ कम्पनीको लापरवाही, कर्मचारीको पनि शंकास्पद गतिविधि !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

भोटेकोशी जलविद्युत् आयोजना निर्माण कार्यमा चिनियाँ कम्पनीको लापरवाही, कर्मचारीको पनि शंकास्पद गतिविधि !

काठमाडौं । आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएकोमध्ये भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको जनाइएको छ । 
कूल १०२ मेगावाट क्षमताको सो आयोजनामा निर्माण व्यवसायीको लापरबाही भएको पाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले निष्कर्ष निकालेको छ । सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर रहेको पाइएको हो ।
अहिले राष्ट्रिय मूल्य र सम्झौता विपरीत चिनियाँ कम्पनी उक्त क्षेत्रमा मनोमानी गर्दै आएको छ । जुन ३० नेपाली कामदार र चिनियाँ कमर्चारीबीच झडप भएको थियो । झडप हुनुको कारण खोज्दै जाँदा चिनियाँ ठेकेदारहरुले यौन तृष्णा मेटाउनका लागि स्थानीय युवती ल्याउन भनेपछि नेपालीहरु आक्रोशित बनेका थिए । आक्रोशित नेपाली र चिनियाँबीच झडप भएको हो । चिनियाँ अधिकारीहरुले उक्त घटना ढाकछोप गर्न स्थानीयलाई दबाब दिँदै आएका छन् । चिनियाँ कामदार र इन्जिनियरहरु काम गर्नको साटो बजारमा घुम्ने स्थानियसँग घुलमिल हुने र सम्बन्ध बढाउने काम गरिरहेको बताइएको छ । उनीहरुका गतिविधि शंकास्दपद भएको पाइएको हो । 
नेपालको सार्वभौम सत्ता र राष्ट्रिय एकतामा गम्भीर आँच आउने शंकास्पद गतिविधिमा उनीहरु संलग्‍न भएको पाइएको हो । त्यहाँ रहेका नेपालीहरुबाट चिनियाँहरुले महत्वपूर्ण सूचना लिइरहेको समेत बताइएको छ । महत्वपूर्ण कुरा कुनै रोजगारी नभएका नेपालीहरु धनी हुँदै गएका छन् । उनीहरुलाई चिनियाँहरुले धेरै रकम दिएको हुनसक्ने आशंका गरिएको छ । चिनियाँ कम्पनीले निर्णमा गर्ने परियोजनाहरुमा चिनियाँ झण्डा लगाइएको पाइएको छ । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: