×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा विप्लवको बम आतंक ! ११ तस्विरमा हेर्नुहोस् एकाबिहानै कस्तो बन्यो माहोल ? (फोटो-कथा)

PRIME CA

धनगढीमा विप्लवको बम आतंक ! ११ तस्विरमा हेर्नुहोस् एकाबिहानै कस्तो बन्यो माहोल ? (फोटो-कथा)

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । धनगढीमा विप्लवको बन्दको प्रभाव बिहानैदेखी आंशिक रुपमा परेको देखिएको छ । धनगढी बजारमा बिहानैदेखी ठाउँ ठाउँमा सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो देखिएको छ । बन्दको आंशिक प्रभावसँगै धनगढीका विभिन्न ठाउँमा शंकास्पद वस्दु (विस्पोटक पदार्थ) पनि फेला परेको छ । 
सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेको हो । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा नजिक बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताउनुभयो । बम जस्तै देखिने उक्त शंकास्पद बस्तु फेला परेपछी यतिबेला नेपाली सेनाको टाली डिस्पोज गर्नमा लागेको छ । धनगढीमा विप्लवको बम आतंक ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: