×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लवको बन्दले सुदूरको जनजिवन प्रभावित !

PRIME CA
GLOBAL IME BANK

विप्लवको बन्दले सुदूरको जनजिवन प्रभावित !

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । मंगलबार विप्लवले गरेको बन्दको कारण सुदूरको जनजिवन प्रभावित बनेको छ । विभिन्न संघर्ष गर्दै आज गरेको बन्दमा छोटो दुरीका सवारी साधन तथा बजार खुलेको भएतापनि अत्यावश्यक सेवाहरु बन्द गरिएका छन् । पछिल्लो समय केही कम देखिएको विप्लवको गतिविधि अहिले भने निरन्तर रुपमा बढ्दै गएको हो । 
केहीदिन अगाडी आफ्ना नेता तथा कार्यकर्तालाई झुठा मुद्धा लगाई पक्राउ गरेको भन्दै विप्लवले आपत्ति जनाएको थियो । सोहि विषयमा आफुहरुले शान्तीपुर्ण रुपमा आवाज उठाउँदा पनि आफुहरुलाई बेवास्ता गरेको विप्लवले आरोप लगाएको छ । आफ्ना केन्द्रिय सदस्य तथा सेती महाकाली ब्युरो इन्चार्ज ओम प्रकाश पुन को रिहाईका लागी भन्दै आज साउन ६ गते सुदूरपश्चिम बन्दको आह्वान गरेको हो । 
विप्लवले आज ६ गते बन्दको आह्वान गरेसँगै चहलपहल नघटेपनि व्यापार, व्यवसायमा भने ह्रास आएको व्यवसायीले बताएका छन् । सुदूर पहाडका प्राय व्यवासायहरु त झन् ठप्प नै बनेका छन् । उसो त लामो समयदेखिको लकडाउनका कारण प्रभावित बनेको जनजिवन विप्लवको बन्दका कारण झनै अस्तव्यस्त बनेको छ । त्यसैमाथि आज कैलालीका विभिन्न मुख्य क्षेत्रहरुमा विस्पोटक पदार्थपनि फेला परेका छन् । 
धनगढीस्थित सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको गेट बाहिर, आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन अगाडी र प्रदेश सभा नजिकै विस्पोटक पदार्थ (प्रेसर कुकर बम) फेला परेको थियो । उता लम्किचुहा नगरपालिकाको कार्यालय अगाडी पनि शंकास्पद वस्तु फेला परेको हो । यद्यपी उक्त बमहरु नेपाली सेनाको टोलिले निष्क्रीय पारीसकेको छ । 
यसरी ठाउँ ठाउँमा शंकास्पद तरिकाले विस्पोटक पदार्थ भेटिनुले आम सर्वसाधरमा त्रास सृजना गराएको छ । विस्पोटक पदार्थ कसले राखेको भन्ने विषयमा भने अझैपनि कुनै तथ्य बाहिरिएको छैन । तर बन्द सफल पार्न विप्लवका कार्यकर्ताले नै राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: