×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत १५ जना संक्रमित निको भए, कहाँ-कहाँका हुन् ?

PRIME CA
GLOBAL IME BANK

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत १५ जना संक्रमित निको भए, कहाँ-कहाँका हुन् ?

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत् १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश १ को झापा, सुनसरी र खोटाङका १४ जना र प्रदेश २ को महोत्तरीका एक जनाले कोरानो जितेर घर फर्किएका हुन् ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार पछिल्लो पटक प्रतिष्ठानबाट कोरोना जितेर घर फर्किनेमा ९ पुरुष र ६ महिला छन् । प्रतिष्ठानमा कोराना पोजीटिभ देखिएर भर्ना भएका झापाका १२ र सुनसरी खोटाङ र महोत्तोरी जिल्लाका एक एक जना निको भएर घर पर्किएका हुन् । प्रतिष्ठानमा भर्ना भएकामध्य हालसम्म २ सय ५४ बिरामीले कोराना जितेर डिस्चार्ज भएका छन् । 
पछिल्लो समय कोरोना निको हुनेको संख्या बढिरहेको छ । हालसम्म निको हुनेको कुल संख्या १० हजार नाघेको छ भने संक्रमितको संख्या १७ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: