
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाको शाखा नभएका स्थानीय तहका वडामा शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका, महानगरपालिका र उप महानगरपालिकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएका स्थानीय तहका वडामा शाखा खोल्न भने पूर्वस्वीकृति लिनुपर्नेछ ।
शाखा कार्यालय खोल्दा कारोबार शुरु गरेकै दिन उक्त शाखासम्बन्धी विवरण केन्द्रीय बैंकको वेव पोर्टलमा अद्यावधिक भने गर्नुपर्नेछ । लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकसँग अधिकतम १५ प्रतिशतसम्म मात्रै ब्याजदर निर्धारण गर्न सक्ने भएका छन् । यसअघि त्यस्तो ब्याजदर १८ प्रतिशत थियो ।