×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्राजिलका चार अन्तराष्ट्रिय खेलाडीमा कोरोना संक्रमण पुष्टी, झण्डै ६० हजारको मृत्यु !

GLOBAL IME BANK

ब्राजिलका चार अन्तराष्ट्रिय खेलाडीमा कोरोना संक्रमण पुष्टी, झण्डै ६० हजारको मृत्यु !

१७ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् । सङ्क्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखेको छ । 
ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी सङ्क्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ । उनीहरुको फेरि परीक्षण गरिनेछ, वक्तव्यमा उल्लेख छ ।ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिका भन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसीप शुरु गर्ने तयारी गरिएको हो ।
ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् भने झण्डै ६० हजारको मृत्यु भइसकेको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: