
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । सरकारको निर्णयअनुसार भोली (सोमबार) बाट सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलीबाट यातायात सञ्चालन गर्ने बताएका छन् ।

गोगनबहादुर हमाल महानिर्देशक, यातायात व्यवस्था विभाग
विभागका महानिर्देशक गोगन बहादुर हमालले भोली (सोमबार) बिहानबाट यातायात सञ्चालन गर्ने बताउनुभयो । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उहाँले बताउनुभयो । कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

किरण कुमार रिजाल वरिष्ठ उपाध्यक्ष, सार्वजनिक यातायात केन्द्रीय महासंघ
सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उहाँले बताउनुभयो ।
अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् । व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्