×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा सार्वजनिक यातायात चल्न सुरु, एउटा सिटमा एकजना मात्रै राख्ने पाइने (भिडियो)

PRIME CA
GLOBAL IME BANK

काठमाडौंमा सार्वजनिक यातायात चल्न सुरु, एउटा सिटमा एकजना मात्रै राख्ने पाइने (भिडियो)

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । सरकारले विशेष स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका केही यातायात कम्पनीहरुले यातायातका साधन सञ्चालनमा ल्याएका हुन् । महानगर यातायात, मयुर यातायात, संयुक्त यातायात लगायतले सोमबारदेखि गाडी सञ्चालनमा ल्याएका हुन । बस रोकिदा व्यवसायीहरुलाई नोक्सानी बढ्दै जाने भएकाले तोकिएको मापदण्ड अनुसार बस सञ्चालन गरिएको व्यवसायीहरुले बताएका छन् ।
सरकारले एक पंक्तिको एउटा सिटमा एकजना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुचारु गर्न सकिने मापदण्ड तयार गरी सार्वजनि यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै बसमा यात्रा गर्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने छ । यातायात व्यवसायीका संगठनहरुले भने विभिन्न माग राख्दै यातायात सञ्चालन नगर्ने बताउँदै आएका छन् । 
सरकारले लकडाउन खुकुलो बनाई केही क्षेत्रलाई सञ्चालन गर्न दिएछि सार्वजनिक यातायात व्यवसायीहरुले पनि यातायात सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए । तर तिनै व्यवसायीहरुले सरकारले सार्वजनिक यातायात खुलाउने निर्णय गरेपछि भने आफ्ना माग पुरा नगेसम्म गाडी नचलाउने बताउँदै आएका छन् । उनीहरुले गाडी मर्मतका लागि कर्जा उपलब्ध हुनुपर्ने, बैंकको ब्याज र किस्तालाई पुनःपूँजीकरण गर्नुपर्ने, चालक र सहचालकको स्वास्थ्य सुरक्षाको प्रबन्ध सरकारले मिलाउनुपर्ने लगायतका माग राखी बस सञ्चालन गरेका छैनन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: