Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीति : गत वर्षको नाफाबाट ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न रोक !

अर्थ सरोकार

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न नपाउने  छन् । नियामक नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई गत वर्षको नाफाबाट ३० प्रतिशतभन्दा बढी नगद लाभांश बाँड्न रोक लगाउने भएको हो ।
आज नेपाल टेलिभिजनमार्फत गभर्नर महा प्रसाद अधिकारीले दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्दैछन् । बिहीबार बेलुकासम्म सेयरधनीलाई नगद बाँड्न नदिने राष्ट्र बैंकको योजना थियो । तर शुक्रबार बिहान बसेको बैठकमा भने नगद लाभांश पूर्ण रूपमा रोक्न नहुने भन्दै सीमा तोकिएको हो । यता बोनस सेयरमा कुनै पनि रोक नलगाइएको गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै घोषणा गर्नेछन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK