
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को लागि ६ जनाको नाम सिफारिस गरिएको छ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा गठन गरिएको उपसमितिले १२ जना आवेदकहरुमध्ये ६ जनाको नाम छनोट गरी सिफारिस गरेको हो ।
बोर्डको सीईओको लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, विद्युत नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, विशेष आर्थिक क्षेत्रका पूर्व कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट, माछापुच्छ्रे बैंकका पूर्व कार्यकारी अधिकृत सुमन शर्मा र लगानी प्राधिकरण प्रदेश १ का प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाको नाम सिफारिस गरिएको हो ।
सीईओका लागि आवेदन दिएका राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष एवं कर्मचारी सञ्चयकोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, पूर्वसहसचिव लक्ष्मीविलास कोइराला, बोर्डमा परामर्शदाताका रूपमा कार्यरत इन्जिनियर आशिष गजुरेल, कानून सेवाका शेरजङ कार्की र अर्थशास्त्रका सहप्राध्यापक रमेशचन्द्र पौडेल छनोटमा नपरेको बताईएको छ । छनोटमा परेका ६ जनामध्ये पनि अर्थमन्त्री खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेल र अर्थशास्त्री डा गोविन्द नेपाल सदस्य रहेको छनौट समितिले ३ जनाको नाम सर्टलिस्ट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा पेश गर्नेछ ।
३ तीनजनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले बोर्डको सीईओमा नियुक्त गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्