
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज (शुक्रबार) काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा बत्ती जाने भएको छ । चक्रपथ विस्तारको काम सञ्चालनका कारण काठमाडौँका केही ठाउँमा आज दिउँसो बिजुली नआउने भएको हो । कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्युचाटार पुलदेखि सितापाइला चोक सम्मको चक्रपथ विस्तार कार्यक्रम अन्तर्गतको विद्युतीय संरचना स्थानान्तरण तथा हटाउने काम भइरहेकाले केही ठाउँमा बिजुली नआउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म स्युचाटार–स्वयम्भु फिडर सटडाउनमा राखेर काम गर्नुपर्ने भएकोले त्यस फिडर अन्तर्गत वितरित स्थानहरु सोल्टी दोबाटो , सितापाइला , सिभिल होम्स, अलकत्रा उद्योग ,पदमा कोलोनी , रामकोट ,भिमढुँगा, छत्रे देउराली लगायतका स्थानहरुको विद्युत लाइनमा अवरोध हुनेछ ।
उद्यपि काम छिटो सकिएमा तोकिएको समय भन्दा अगावै लाइन सञ्चालन हुनसक्ने समेत प्राधिकरणले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्