×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाजको पसारो…कुहिएको चामल प्रकरणमा मुछिएका कर्मचारीलाई धनगढी उपमहानगरपालिकाले पुरस्कृत गर्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लाजको पसारो…कुहिएको चामल प्रकरणमा मुछिएका कर्मचारीलाई धनगढी उपमहानगरपालिकाले पुरस्कृत गर्यो !

Artha Sarokar

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । धनगढी उपमहानगरपालिकाले कुहिएको चामल प्रकरणमा मुछिएका कर्मचारीलाई पुरस्कृत गरेको छ । उपमहानगरपालिकाले गत असारमा बसेको नगरसभाको बैठकबाट निर्णय गर्दै कुहिएको चामल खरिद प्रकरणमा संलग्न भएर विवादमा तानिएका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटा सहितका कर्मचारीलाई पुरस्कृत गरेको हो । 
वर्षभरी उत्कृष्ट काम गरेको भन्दै उप–महानगरपालिका प्रशासन प्रमुख नारायणप्रसाद शर्मा र वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझालाई समेत पुरस्कृत गरेको हो । नगरपालिकाले गरेको मूल्याङ्कनमा वर्षभरी सवोत्कृष्ट काम गरेको भन्दै कुहिएको चामल प्रकरणमा विवादित बनेको उनिहरुलाई एक महिनाको तलब बराबरको प्रोत्साहन भत्ता दिदै पुरस्कृत गरिएको उप–महानगरपालिकाले जनाएको छ ।
कोरोना भाइरसका कारण देशैभरी गरिउको लकडाउनबाट प्रभावित भएकाहरुलाई राहत स्वरुप वितरण गरेको चामल खरिद प्रक्रियामा संलग्नता पाइएको थियो । गरिब, निमुखा तथा समस्यामा परेकाहरुका लागि वितरण गरिएको राहतको चामल कुहिएको पाइएपछि उक्त कार्यको चौतर्फि विरोध भएको थियो । स्थानियको विरोध र छानविनमा कुहिएको चामल वितरण गरेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियामै मिलोमतोको आशंकामा उक्त प्रकरणको अनुसन्धान गरिरहेको छ ।
चामल प्रकरणमा मिलेमतो भएको हुनसक्ने आशंकामा गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान थालेको छ । अख्तियारले दोषी ठहर गरेमा खरिद प्रक्रियामा संलग्न कर्मचारी समेत कारवाहीको दायरामा आउने भएपनि उप–महानगरपालिकाले उनीहरुलाई पुरस्कृत गरेको हो । उप–महानगरपालिकाले त्यसअघि भएको कार्यपालिका बैठकमा  चामल खरिद प्रक्रियामा संलग्न कर्मचारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर उनीहरुलाई अहिलेसम्म स्पष्टिकरण समेत सोधिएको छैन । 
यता धनगढी उप–महानगरपालिकाले वर्षभरी उत्कृष्ट काम गरेको भन्दै अन्य ६ जना कर्मचारीलाई पनि पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेमा आलेप अधिकृत लेखनाथ ओझा, इन्जिनीयर द्धिजराज भट्ट, कृषि शाखा प्रमुख लोकराज उपाध्याय, ओभरसियर निर्मल देउवा, आईटी अफिसर सुएस चन्द र कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख लक्ष्मीराज जोशी रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी