
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अपि पावर कम्पनीले निर्माण गर्ने ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया हाइड्रोपावरको वित्तीय व्यवस्थापन हिमालयन बैंक लिमिटेडले गर्ने भएको छ । हिमालयन बैंकको संचालक समितिले यस आयोजनाको अगुवा बैंक भई सहवित्तीयकरण मार्फत लगानी गर्ने निर्णय गरेको हो ।
कम्पनीले चमेलिया नदिमा आफ्नो तेस्रो आयोजना निर्माण कार्य शुरु गरिसकेको छ । कम्पनीले ३० महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका लिएको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । यस अघि कम्पनीले ८.५ मेगावाटको नौगड गाढ र ८ मेगावाटको अप्पर नौगड गाढको निर्माण सम्पन्न गरि आय आर्जन गरिरहेको छ । कम्पनीले यहि श्रावण महिनाको दोस्रो साता भित्र १ बराबर ०.४७ को हकप्रद सेयर यहि आयोजना निर्माणको लागि आवहान गरेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड यस हकप्रद जारी गर्ने बिक्री प्रवन्धक रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्