×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै कर्मचारीलाई धरधरी रुवाएर महासंघको नेतृत्वको दौडमा चन्द्र ढकाल, भाषण मिठो, काम सार्है नमिठो ! (भिडियो)

PRIME CA

आफ्नै कर्मचारीलाई धरधरी रुवाएर महासंघको नेतृत्वको दौडमा चन्द्र ढकाल, भाषण मिठो, काम सार्है नमिठो ! (भिडियो)

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी बरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो प्यानलको उम्मेलवारी घोषणा गरेका हुन् । तर उम्मेदवारी घोषणासभामा ढकालले दिएको मन्तब्यले भने उनी भाषण एउटा गर्छन र काम अर्को गर्छन भन्ने तथ्य प्रमाणित गरेको छ । 
भाषणका क्रममा उनले आफ्नो टिमले जितेपछि कोरोनाबाट सिर्जना भएका चुनौतीहरु परास्त गर्दै आर्थिक रुपमा समुन्नत नेपाल बनाउने अभियानमा सधै काम गर्ने बताए । तर उनकै कम्पनी आइएमइ मोटर्सले कोरोनाको निहुँ गरेर कर्मचारी निकालेको तथ्य बाहिर थियो । अव चुनाव नभएकै कारण कर्मचारीको समस्या भएको भए त परकै कुरा भयो, अन्यथा उनको भाषण र काम गराईले उनी कर्मचारीमैत्री छैनन् भन्ने आरोपलाई थप बल दिएको छ । 
https://arthasarokar.com/2020/05/Chandra-Dhakal.html

अर्कोतर्फ चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्नुभन्दा पनि उनी आरोप प्रत्यारोपमै व्यस्त देखिएका छन् । घोषणा सभामा पनि उनले आफ्नो योजनाभन्दा बढी शेखर गोल्छालाई नराम्रो देखाउनमै समय खर्चिएका थिए । यसअघि पनि केहि पत्रकारहरुलाई लिएर उनले चन्द्रागिरिबाट घुमाउरो पारामा आफ्ना लागि भए सहमति हुने नत्र नहुने आशयको अभिव्यक्ति दिएका थिए । 

ढकाल समूहबाट जिल्ला-नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार बनेका छन् । स्मरण रहोस् उम्मेदारमा उठेका संघाई केहि समय अगाडी जुवाखालबाट रंगेहात पक्राउ परेर विवादमा तानिएका व्यवसायी हुन् । साउन २६ र २७ गतेबाट हुने महासंघको चुनावी अधिवेशनमा बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । यद्यपी अहिलेसम्म प्रधान समूहको उम्मेदवारी घोषणा भएको छैन ।

हेर्नुहोस् भिडियो रिपोर्ट

https://arthasarokar.com/2020/07/Chandra-Dhakal.html
https://arthasarokar.com/2020/07/Chandra-Dhakal-ghoshana.html
https://arthasarokar.com/2020/07/FNCCI-election-express-2.html
https://arthasarokar.com/2020/07/Shekhar-Golchha.html
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: