×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी दर्ता !

LAXMI SUNRISE BANK

चन्द्रागिरी नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी दर्ता !

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन् । नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ४६ र आव २०७६/७७ मा २१ उजुरी दर्ता भएका हुन् ।  दर्ता भएका कुल उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी रहेका छन् । 
नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक लिशा नकर्मीले जग्गा, करारसम्बन्धी, मानाचामल, ढल , घरेलु हिंसासम्बन्धी बढी उजुरी आउने गरेको बताए । नगरपालिकाले उजुरी आएका अधिकांश मुद्दा मिलान गरिसकिएको छ । 
उनले उजुरी दिने व्यक्ति, उजुरी कसका लागि दिएको हो सो व्यक्तिसँग छुट्टाछुट्टै छलफल गर्ने र पछि दुवै जनालाई बोलाएर संयुक्त छलफल गरेर मुद्दा टुङ्ग्याउँदै आएको बताए । नगरपालिकाले मुद्दाको टुङ्गो लगाउन मेलमिलाप कर्तासमेत तोकेको छ । ४० भन्दा बढी व्यक्तिलाई मेलमिलाप कर्तासम्बन्धी तालीम दिइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको इजलास हरेक हप्ताको सोमबार बस्दै आएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी