
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा रहेका लेखा व्यावसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये साधारण क्षेत्र मेनुफेक्चरिङ्ग अन्तर्गत चिलिमे हाईड्रो पावर लिमिटेडले प्रथम स्थान प्राप्त गरेको छ । सोहि विधा अन्तर्गत बोट्लर्स नेपाल लिमिटेडले दोस्रो स्थान प्राप्त गरेको छ । दुवै कम्पनी बिपिए अवार्डबाट सम्मानित भएका छन् ।

यस्तै अवार्डको साधारण अन्य अन्तर्गत नेपाल क्लियरिङ हाउस लिमिटेडले प्रथम स्थान हासिल गरेको छ । सोहि विधा अन्तर्गत कर्जा सूचना केन्द्रले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । बैंकिङ्ग क्षेत्रतर्फ आर्थिक वर्ष २०७५-०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार स्ट्याण्डर्ड चार्टड बैंकले प्राप्त गरेको छ भने बिकास बैंक तथा बित्त कम्पनी क्षेत्रको अवार्ड मुक्तिनाथ बिकास बैंकले प्राप्त गरेको छ।
विजेता तथा उप–विजेतालाई महालेखापरीक्षक टंकमणि शर्मा दंगालले पुरस्कार वितरण गरेका थिए । संस्थाले अध्यक्ष तथा उपाध्यक्षको सपथग्रहण कार्यक्रमको अवसर पारेर २०७५/७६ मा विभिन्न संस्थाहले तयार पारेका वित्तीय विवरणको स्वतन्त्र मूल्याङ्कनको आधारमा उत्कृष्ट छनौट भएका विभिन्न संघ संस्थाहरुलाई विगत बर्षहरुझै राष्ट्रिय उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार प्रदान गरी सम्मान गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्