Skip to content
LAXMI SUNRISE BANK

चिनियाँ राजदुतको हस्तक्षेपकारी भूमिका विरुद्ध युवाहरु सडकमा, चिनियाँ दुताबास अगाडी पुगेर भने, ‘गो ब्याक चाइना’

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो समय नेकपाभित्रको विवाद भइरहेको बेला चिनियाँ राजदूतले नेताहरुसँग गोप्य भेट गरेको विरोधमा चिनियाँ दूतावास अगाडि ‘स्वतन्त्र युवाहरु’ले प्रदर्शन गरेका छन्। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै युवाहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर दूतावास अगाडि प्रदर्शन गरेका हुन्।
नेकपा फुटको संघारमा रहेको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छन्। केहि दिन पहिला प्रधानमन्त्री केपी ओलीलाई भेटेकी राजदूत यान्छीले त्यसपछि नेकपाका शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपाल, वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटिसकेकी छन्।
स्वतन्त्र मुलुममा अर्को देशको राजदूतले पार्टीको आन्तरिक विवादमा प्रवेश गर्नु भनेको हस्तक्षेप भएको भन्दै प्रदर्शनकारीहरुले दुताबास अगाडि नारा घन्काएका थिए।
 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK