
- अर्थ सरोकार सम्बाददाता
चितवन । लकडाउनका कारण आन्तरिक राजस्व कार्यालय भरतपुरले संकलन गर्ने राजस्वमा पनि असर परेको छ । उक्त कार्यालयले लक्ष्यभन्दा १९ अर्ब राजस्व कम सङ्कलन गरेको हो । कार्यालयलाई राजस्व विभागले ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । विभागले कार्यालयलाई दिएको लक्ष्यभन्दा १९ अर्ब ९६ लाख ८४ हजार कम अर्थात् २४ अर्ब ३७ करोड ८० लाख १६ हजार मात्र राजस्व सङ्कलन भएको हो । कार्यालयले दिएको जानकारीअनुसार लक्ष्यको ५६ दशमलव १९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।
कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७५/७६ मा कार्यालयले ३० अर्ब ३५ करोड २३ लाख १९ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आर्थिक वर्षमा आय कर दुई अर्ब १९ करोड ३१ लाख ६१ हजार, बहाल कर पाँच करोड ७९ लाख ५० हजार, व्याजकर १४ करोड ९० लाख ९५ हजार, मूल्य अभिवृद्धि कर दुई अर्ब नौ करोड ८४ लाख ८६ हजार, अन्तःशुल्क १९ अर्ब ८६ करोड १२ लाख नौ हजार, स्वास्थ्य सेवा कर एक करोड ७८ लाख ६८ हजार र शिक्षा सेवा कर दुई लाख ४७ हजार सङ्कलन भएको छ ।
राजस्वको मुख्य हिस्सा अन्तःशुल्क हो । असार मसान्तसम्ममा अन्तःशुल्कमा ३७ अर्ब ९४ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो । तर लक्ष्यको ५२ दशमलव ३४ प्रतिशत मात्र अन्तःशुल्क सङ्कलन भएको छ । अन्तःशुल्कमा मदिराजन्य वस्तु बिक्रीवितरण, निस्कासन र ढुवानी रोकिएकै कारण राजस्वमा मुख्य प्रभाव भएको छ ।
यस्तै लकडाउनले अन्य क्षेत्र पनि पूर्ण प्रभावित भएकाले राजस्वमा निकै गिरावट आएको प्रमुख रिजालले बताए । यस कार्यालयअन्तर्गत व्यवसायी पानमा ६५ हजार ८५३, व्यक्तिगत प्यानमा ८३ हजार ८७ र सरकारी कार्यालयको प्यान डब्लु प्यानमा ५४ भन्दाबढी करदाता रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्