×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमईबाट ६ लाख नगदसहित डेढ लाखको रिचार्ज गायब !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आईएमईबाट ६ लाख नगदसहित डेढ लाखको रिचार्ज गायब !

Artha Sarokar

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संवाददाता 
कैलाली । कैलालीमा आईएमई बाट ६ लाख रुपैँया चोरी भएको छ । आज बिहान २ बजे जिल्लाको अत्तरिया महेन्द्रनगर रोडमा रहेको आईएमई चोरी भएको हो । चोरीमा संगलग्न ब्यक्तीले आईएमई काउन्टरबाट झण्डै ६ लाख बढि नगद चोरेको प्रहरीले जानकारी दिएको छ । चोरीमा संगलग्न ब्यक्तीको सिसीटिभी फुटेज भने प्रहरीले पत्ता लगाईसकेको छ ।
प्रहरीले फेला पारेको सिसीटिभि फुटेजमा उनी काउन्टरमा सामान खोलिरहेका देखीन्छन । पसलको पछाडी बाट ढोका तोडेर चोरी भएको आईएमई अत्तरिया शाखाका संचालक तनुज जोशीले बताए । उनले काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतीको रिचार्ज चोरी भएको बताए । चोरीमा संलग्न व्यक्ति उक्त आईएमई सेन्टरको बारेमा सबै कुरा थाहा पाएको हुनसक्ने आशंका गरिएको छ । चोरीमा संगलग्न ब्यक्तीको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी