Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंक र सहयोगी विकास बैंकको एकीकृत कारोबार सुरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिटिजन्स बैंक लिमिटेड र सहयोगी विकास बैंक लिमिटेडकाे एकीकृत कारोबार सुरु भएकाे छ । दुवै बैंकको एकीकृत कारोबार असार २० गते (शनिबार) बाट सुरु भएको हो ।
सिटिजन्स बैंकको जेठ २७ गते र सहयोगी बैंकको जेठ २४ गते सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेपश्चात हिजाेबाट यी दुई कम्पनीकाे एकीकृत कारोबार सुरु भएकाे हाे ।दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते बुधबार र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते आइतबार अन्तिम स्वीकृति दिएका थिए ।
मर्जर पश्चात “सिटिजन्स बैंक लिमिटेड” काे नामबाट एकीकृत कारोबार सुरु भएकाे छ । सिटिजन्स बैंकले सहयोगी बैंकलाई १ः०.९१ कित्ता शेयर दिने गरी एक्वायर गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK