×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको २५ औं बार्षिक साधारणसभा सम्पन्न, २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित !

PRIME CA

नागरिक लगानी कोषको २५ औं बार्षिक साधारणसभा सम्पन्न, २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित !

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषको २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कोषको नवनिर्मित भवनमा शनिबार सम्पन्न भएको हो ।  सभामा कोषले पेश गरिएको २२% बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले बोनस शेयर पछि कायम हुने चुक्ता पुँजीमा १ बराबर ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर दिने प्रस्तावलाई पनि पास गरेको छ ।

सभालाई सम्वोधन गर्दे कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले कोषको आर्थिक वर्ष २०७५/७६ को करपछिको खुद नाफा ४६ करोड २३ लाख रुपैयाँ रहेको र उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार ९ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आ.व. २०७५/७६ मा २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश छुट्टयाइएको बताए ।
सो अवसरमा शेयरधनी संगको छलफलमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कार्यलाई प्रभावकारी बनाउन ब्यवस्थापन पक्ष सक्रिय रहेकोमा जोड दिए । कोरोना (कोभिड–१९) लाई ध्यानमा राख्दै कोषले न्युन शेयरधनीको उपस्थितिमा सभा आयोजना गरेको थियो । सो अवसरमा सेयरधनीरुले कोषले नयाँ भवन बनाएकोमा खुशी ब्यक्त गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: