×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिभिल लघुवित्तले साउन २५ गतेदेखि १००% हकप्रद सेयर बिक्री गर्ने, यी ठाउँहरुबाट आवेदन दिन सकिने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : सिभिल लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर जारी गर्न असार १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल, सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगन्ज, वीरगन्ज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । यस हकप्रद सेयरमा साउन २५ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ । 
यो हकप्रद सेयरलाई केयर रेटिङ नेपालले औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । हाल सिभिल लघुवित्तको चुक्ता पुँजी ११ करोड ४१ लख १४ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: